२२ असार २०८३, सोमबार

बिहानै फेवातालमा हाम्फालेकी महिलाको सकुशल उद्धार

भदौ १७, २०८२
काठमाडौं
बिहानै फेवातालमा हाम्फालेकी महिलाको सकुशल उद्धार

पोखरा महानगरपालिका–६ गौरीघाटस्थित फेवातालमा हाम्फालेकी एक महिलाको सकुशल उद्धार गरिएको छ । मंगलबार बिहान करिब ५ बजे फेवा तालमा हाम फालेकी मकवानपुर घर भई हाल पोखरा–६ लेकसाइड बस्ने ४५ वर्षीया हिरा नेगीको सकुसल उद्धार गरिएको हो । 

उनी तालमा हाम्फालेपछि तालमै रहेको काठको मुढामा अड्किएकी थिइन् । घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल कालिका गण कास्कीका इन्सपेक्टरको कमाण्डमा ५ जना गोताखोर, ५ जना विपद् व्यवस्थापन टोली र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनलाई उद्धार गरिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उद्धारपछि उनलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट लगिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्