१२ असार २०८३, शुक्रबार

बाढीपहिरोले देशका १३ स्थानमा सडक अवरुद्ध, आठमा एकतर्फी सवारीसाधन सञ्चालन

भदौ १७, २०८२
काठमाडौं
बाढीपहिरोले देशका १३ स्थानमा सडक अवरुद्ध, आठमा एकतर्फी सवारीसाधन सञ्चालन

अविरल वर्षाको बाढीपहिरोका कारण देशका १३ स्थानमा सडक अवरुद्ध भएका छन्  ।

सङखुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकामा सोही राजमार्गको केही भागमा पहिरो खस्दा बाटो अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार पासाङल्हामु राजमार्गको  गोसाईकुण्ड गाउँपालिकाको केही खण्ड तथा गल्छी–त्रिशुली–मैलुङ सडक बन्द छन् । ढोरपाटन– सालझण्डी, बेनी– दरवाङ सडक, भेरी करिडोर,कर्णाली राजमार्गअन्तर्गत जाजरकोटको छेडागाड र जाजरकोट–डोल्पा सडकखण्ड पनि बन्द छन् । 

सुरक्षाकर्मी सडक खुलाउन परिचालन भएका छन् । बाढीपहिरोका कारण बन्द भएका देशका विभिन्न भागका आठ सडकमा एकतर्फी सवारीसाधन सञ्चालन भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्