०५ असार २०८३, शुक्रबार

यो हो संसारको सबभन्दा सानो देश, जम्मा २७ जना बस्छन्

मंसिर २७, २०७४
यो हो संसारको सबभन्दा सानो देश, जम्मा २७ जना बस्छन्

काठमाडौं, २७ मंसिर — संसारको सबभन्दा सानो देश त्यसो त भ्याटिकन सिटी हो । अन्तर्राष्ट्रिय रूपमा भ्याटिकनलाई नै सानो देशको मान्यता दिइएको छ । त्यहाँको क्षेत्रफल ०.४४ वर्ग किलोमिटर छ र जनसंख्या ८ सय छ । 

तर अहिले अर्को देश पनि अस्तित्वमा आएको छ जसको जनसंख्या जम्मा २७ छ । यसको क्षेत्रफल एउटा टेनिस कोर्टजत्रो छ । 

यो देशको नाम सील्यान्ड हो । बेलायतको सफोल्क समुद्री तटभन्दा १० किलोमिटर पर रहेको सील्यान्ड खण्डहर बनिसकेको समुद्री किल्लामा रहेको छ । 

दोस्रो विश्वयुद्धका बेलामा बेलायतले यो ठाउँमा विमानप्रतिरोधी बन्दुक प्लेटफर्म बनाएको थियो । तर समय समयमा यस सानो देशमा फरक फरक मानिसको अधिकार रह्यो । सन् २०१२ मा रोय बेट्स नामक व्यक्तिले आफूलाई
सील्यान्डको राजा घोषित गरे । रोयको मृत्युपछि उनका छोरा माइकलले सील्यान्डमा शासन चलाइरहेका छन् । 

सील्यान्ड एक माइक्रोनेसन हो । यसलाई अन्तर्राष्ट्रिय मान्यता दिइएको छैन । तर यस देशको आफ्नै हुलाक टिकट, मुद्रा र पासपोर्ट छ । मुद्रामा रोय बेट्सकी पत्नी जोन बेट्सको तस्वीर छ । देशको आफ्नै एक झण्डा पनि छ र त्यो रातो, सेतो र कालो रंगको छ । 

देशको क्षेत्रफल कम भएका कारण स्थानीयहरूलाई जीविकाको साधनको कमी छ । इन्टरनेटमा यस देशको बारेमा जानकारी सार्वजनिक भएपछि मानिसहरूले आर्थिक सहायता गरे । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्