०६ असार २०८३, शनिबार

रेशम चौधरीलाई प्रमाणपत्र दिइएन, काठमाडौं पठाइयो

मंसिर २७, २०७४
रेशम चौधरीलाई प्रमाणपत्र दिइएन, काठमाडौं पठाइयो

कैलाली, २७ मंसिर— टीकापुरकाण्डका आरोपी भएपनि चुनाव जितेका रेशम चौधरी प्रमाणपत्र लिनबाट बञ्चित भएका छन् । 
कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । प्रहरीको फरार सूचिमा रहेका उनले अज्ञातस्थलबाट सञ्चारमाध्यमलाई अन्तर्वार्ता लिँदै आफ्नो जसरी उम्मेदवारी दर्ता भएको थियो त्यसैगरी प्रमाणपत्र पनि पाउनुपर्ने बताउँदै आएका छन् ।
 तर निर्वाचन आयोगले चौधरी आफैं प्रमाणपत्र लिन उपस्थित हुनुपर्ने बताएपछि उनलाई नदिइ सो काठमाडौं पठाइएको छ  ।
दुई दिन भित्र रेशम आफै उपस्थित भई प्रमाणपत्र लिन नआए निर्वाचन आयोगले उक्त प्रमाणपत्र केन्द्रमा  पठाइदिन आदेश दिएअनुसार बुधवार साँझ उक्त प्रमाणपत्र पठाइएको निर्वाचन अधिकृत खिमानन्द भुषालले जानकारी दिए । 


 

salt training

कमेन्ट गर्नुहोस्