०५ असार २०८३, शुक्रबार

ग्लोबल टाइम्स लेख्छ, चीनसमर्थक नेपाली प्रधानमन्त्रीले दुई देशबीच आर्थिक साझेदारी बढाउँछन्

मंसिर २८, २०७४
ग्लोबल टाइम्स लेख्छ, चीनसमर्थक नेपाली प्रधानमन्त्रीले दुई देशबीच आर्थिक साझेदारी बढाउँछन्

काठमाडौं, २८ मंसिर — नेपालमा वाम गठबन्धनले बहुमत ल्याएपछि छिमेकी मुलुक चीन र भारतका सञ्चारमाध्यममा यससम्बन्धी विश्लेषणहरू धमाधम प्रकाशित भइरहेका छन् । 

यसैक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अंग्रेजी पत्रिका ग्लोबल टाइम्समा मंगलवार एउटा विश्लेषण छापिएको छ । त्यसमा भनिएको कुराको भावानुवाद :

चीनसँग मैत्रीपूर्ण सम्बन्ध भएको नेपाली प्रधानमन्त्रीले दुई देशबीचको आर्थिक साझेदारीमा सुधार ल्याउने तर यसले भारतलाई चिन्तित तुल्याउने चिनियाँ विज्ञहरूले बताएका छन् । 

पूर्वप्रधानमन्त्री खड्ग प्रसाद ओलीले संसदीय निर्वाचनमा विजय हासिल गरे अनि उनको दल एमाले र साझेदार माओवादी दलले संयुक्त रूपमा बहुमत हासिल गरेका छन् । 

ओली प्रधानमन्त्री भएपछि चीनसँगको सम्बन्ध थप सुधार हुने र नेपालमा चिनियाँ लगानीको बाटो सहज रूपमा खुल्ने शांघाई एकेडमी अफ सोसियल सायन्सेसको इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्सका रिसर्च फेलो हु झियोङ बताउँछन् । 

चीनसँग नेपाल नजिकिँदा भारत चाहिँ चिढिने ग्लोबल टाइम्सले हिन्दुस्तान टाइम्सको सम्पादकीयलाई उद्धृत गर्दै लेखेको छ । 

भारतले दक्षिण एसियाली मुलुकहरूलाई आफ्नो पक्षमा ल्याउन र चीनको पेटी सडक परियोजनाको विरोध गर्न थालेकाले नेपाल र भारतबीचको सम्बन्ध थप जटिल र मुश्किल हुने हु बताउँछन् । 

भारतले दक्षिण एसियालाई आफ्नो प्रभावक्षेत्र मान्छ तर त्यहाँका मुलुकहरूको आर्थिक विकासमा पर्याप्त सहयोग भने गर्दैन त्यसैले ती मुलुकहरूले चीनको पेटी सडक परियोजनालाई सहयोग गर्न सक्ने हुको टिप्पणी छ । 

ओलीले पाँच वर्षको पूर्ण कार्यकालसहितको सरकार गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सन् १९९० मा प्रजातन्त्र आएदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले यस्तो सौभाग्य प्राप्त गरेको छैन । 

ओलीले निर्वाचन अभियानका क्रममा नेपालमा चिनियाँ रेलवे सञ्जालको विस्तार र रोजगारी जन्माउने अन्य विकास निर्माण परियोजनाको कुरा गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्