
हाल कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
आज दिउँसो र राति देशका अधिकांश भागमा साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, वाग्मती र गण्डकीलगायत पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेश, वाग्मती र गण्डकीका पहाडी भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशभर मनसुनको प्रभाव रहेको छ । यसैगरी, मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको महाशाखाले जनाएको छ ।