
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले झुलाघाट नाकामा आवतजावत खुला गरेको छ ।
जेनजी आन्दोलनले नेपालमा अशान्ति बढेको भन्दै एसएसबीले आज दिउँसो भारत प्रवेशमा रोक लगाएको थियो ।
केही घण्टा बन्द गरिएको नाका अपरान्हपछि सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।
दिउँसो भारतीय सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएपछि झुलाघाटमा नेपालतर्फको प्रवेशद्वार पनि बन्द गरिएको थियो ।
भारतीय पक्षले आवतजावत खुला गरेको एसएसबीलाई उद्धृत गर्दै भारतीय पत्रिका दैनिक जागरणका पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए ।