११ असार २०८३, बिहीबार

मोटरसाइकल दुर्घटनामा वृद्धको मृत्यु

भदौ २६, २०८२
झापा
मोटरसाइकल दुर्घटनामा वृद्धको मृत्यु

झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत बुधबार राति भएको सवारी दुर्घटनामा भद्रपुर नगरपालिका–६ भानुचोकका ५९ वर्षीय राम श्रेष्ठको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बुद्धशान्ति गाउँपालिका–७ सुनमाईस्थित मेची राजमार्गमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार श्रेष्ठको मृत्यु भएको हो । 

मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो । इलामाबाट घर फर्कदै गरेका उनी सवार मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्