०४ साउन २०८३, सोमबार

झापामा प्रहरी हिरासतबाट ९२ थुनुवा भागे

भदौ २६, २०८२
विराटनगर
झापामा प्रहरी हिरासतबाट ९२ थुनुवा भागे

झापामा आन्दोलनकारीहरूले विभिन्न प्रहरी कार्यालयको हिरासतमा रहेका ९२ जना थुनुवा भगाएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गम्भीर तथा जघन्य अपराधमा संलग्न भई अनुसन्धानका क्रममा रहेका थुनुवाहरूलाई आन्दोलनको क्रममा आन्दोलनकारीको समूहले भगाएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव परीक्षक खगेन्द्रबहादुर खड्काले दिएको जानकारी अनुसार, प्रदर्शनकारीहरूले इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, अनारमनीबाट ३६ जना र झिलझिलेस्थित प्रहरी चौकीबाट ५ जना गरी कुल ९२ जना थुनुवालाई भगाएका हुन् ।

खड्काका अनुसार भागेका थुनुवाहरू विभिन्न गम्भीर, जघन्य तथा अन्य प्रकृतिका अपराधमा संलग्न भई अनुसन्धानका लागि हिरासतमा राखिएका थिए ।

घटनापछि प्रहरीले फरार थुनुवाको खोजी कार्य तीव्र पारेको छ भने जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

भगाइएका कैदी बन्दी अहिलेसम्म पक्राउ नपरेको खड्काले बताए ।

salt training

कमेन्ट गर्नुहोस्