२३ जेठ २०८३, शनिबार

भारतीय विदेशमन्त्रीको गरियो मृगौला प्रत्यारोपण

कात्तिक २०, २०७४
भारतीय विदेशमन्त्रीको गरियो मृगौला प्रत्यारोपण
भारत, २५ मंसिर– भारतीय विदेशमन्त्री सुस्मा स्वराजको मृगौला प्रत्यारोपण गरिएको छ । उनलाई परिवारबाहिरको कोही निकट व्यक्तिले मृगौला दान गरेका हुन् । उनको दिल्लीको एपोलो अस्पताल ‘एम्स’को कार्डियो थोरासिक सेन्टरमा मृगौला प्रत्यारोप गरिएको हो । प्रत्यारोपणमा एमसि मिश्रा, बिके बन्सल, भी सिनु र सन्दिप महाजन संलग्न रहेका थिए ।

बिहान ९ बजे सुरु भएको प्रत्यारोपण साढे २ बजे सकिएको र अहिले स्वराजलाई सघन उपचार कक्षमा राखेको बताइको छ । ६४ वर्षीय स्वराज विगत लामो समयदेखि डायबिटिजबाट पीडित छन् । उनलाई यसअघि हप्ताको तीन पटक डायलसिस गरिने गरिएको अस्पताल स्रोतले बतायो । केही पहिले अघि न्युमोनिया लगायतकै समस्या भएपछि उनी एम्समा उपचार गराउन पुगेकी थिइन् । - एनडिटिभी

salt training

कमेन्ट गर्नुहोस्