काठमाडौं — अमेरिकाको जर्जियामा योनिविना नै जन्मिएकी एक महिला हालै गरिएको शल्यक्रियापछि यौन गर्न र बच्चा पाउन समर्थ भएकी छिन् ।
फोर्ट बेनिङमा बस्ने देभन मर्कको योनिद्वार नै थिएन । उनको गर्भाशय बिग्रेको थियो भने सर्भिक्स पनि थिएन । बाह्र वर्षकी हुँदा यो कुरा थाहा पाएकी उनलाई उनका साथीहरूले केटा र अनौठो जन्तु भनी जिस्काउँथे ।

तर अहिले आएर उनले कृत्रिम योनि लगाएकी छिन् । उनकै नितम्बको मासुबाट यो कृत्रिम योनि बनेको हो । उनी आफ्नो श्रीमान् ट्रेन्टसँग सेक्स गर्न समर्थ भएकी छिन् र टेस्टट्युब बेबी जन्माउन पनि सक्ने भएकी छिन् ।
यी २३ वर्षीया महिलालाई मायेर रोकितान्स्की क्युस्तर हाउजेर नामक रोग लागेका कारण योनि बन्न पाएन र उनका प्रेमीहरूले यो अवस्था थाहा पाएपछि उनलाई छोडे ।
उनी १६ वर्षकी हुँदा चिकित्सकहरूले उनको योनि भएको ठाउँमा प्वाल पारे जसले गर्दा उनी सेक्स गर्न समर्थ भइन् ।
पछि उनले ट्रेन्टलाई भेटिन् र बिहा गरिन् । अहिले आएर उनले आफू आमा बन्नसक्ने कुरा पनि थाहा पाइन् ।
द डेली मेल