
मम नेपालीहरूको लोकप्रिय खाजा हो । आज हामी तपाईंलाई भेज चिल्ली मम बनाउन सिकाउँछौं ।
सामग्री
मम १४ पीस
ममको अचार ८० ग्राम
रातो खुर्सानीको पेस्ट एक सानो चम्चा
चूक अमिलो अलिकति
सोया सस अलिकति
केचअप ६० ग्राम
तेल तीन ठूलो चम्चा
काटिएको हरियो खुर्सानी १५ ग्राम
लसुन १० पोटी
काटिएको प्याज ४५ ग्राम
नून स्वादानुसार
चिनी अलिकति
हरियो प्याज सजावटका लागि
विधि
मधुरो आगो बालेर कराहीमा तेल तताउनुस् । बजारबाट किनेर ल्याएको फ्रोजन ममलाई सुनौलो नहुन्जेल भुट्नुस् । पछि त्यसलाई तेल सोस्ने कागजमा राख्नुस् ।
एउटा भाँडोमा ममको अचार, रातो खुर्सानीको पेस्ट, चूक अमिलो, सोया सस र केचअप हालेर मज्जाले मिसाउनुस् ।
एउटा प्यानमा तेल हालेर मधुरो आगोमा तताउनुस् । अब त्यसमा हरियो खुर्सानी र लसुनका पोटीहरू हालेर दुई मिनेटसम्म भुट्नुस् ।
अब त्यसमै ४५ ग्राम प्याज हालेर फेरि फ्राई गर्नुस् ।
अब त्यस मिश्रणमा सस, नून र चिनी हाल्नुस् ।
अब यसमा अघि फ्राई गरेको मम निकालेर पाँच मिनेटसम्म पकाउनुस् ।
त्यो झिकेपछि हरियो प्याजले सजाउनुस् ।
भेज चिल्ली मम तयार भयो । तात्तातो पस्किनुस् ।
एजेन्सी