०५ साउन २०८३, मंगलबार

‘कृ’को ट्रेलर रिलिज, अनमोलको अभिनयमा साउथ इन्डियन हिरोको 'स्टायल'

मंसिर २९, २०७४
‘कृ’को ट्रेलर रिलिज, अनमोलको अभिनयमा साउथ इन्डियन हिरोको 'स्टायल'

काठमाडौं, २९ मंसिर– बहुप्रतिक्षित मानिएको नेपाली चलचित्र ‘कृ’को ट्रेलर रिलिज भएको छ । भुवन केसीले निर्माण गरेको चलचित्रको ट्रेलर हेर्दा मुख्य अभिनेता अनमोल केसी एक्सन अवतारमा देखिने पक्का छ । अनमोलको एक्सन अवतार साउथ इन्डियन फिल्मका हिरोलाई सम्झाउने खालको छ । 

ट्रेलर हेर्दा बुझ्न सकिन्छ कि फिल्मको कथा बदलामा आधारित छ । फिल्ममा अनमोल र अभिनेत्री अदिती बुढाथोकीबीचको रोमान्स पनि देख्न पाइनेछ । २६ माघमा रिलिज मिति तोकिएको चलचित्रको निर्देशन सुरेद्र पौडेलले गरेका छन् । 

चलचित्रमा अनमोल, अदितीका अलावा सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, अनुप विक्रम शाही, कामेश्वर चौरसियालगायतका कलाकारको अभिनय रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्