१३ असार २०८३, शनिबार

अब किन हुँदैछ बेइजिङमा सीमित कार मात्रै दर्ता ?

मंसिर २९, २०७४
अब किन हुँदैछ बेइजिङमा सीमित कार मात्रै दर्ता ?

बेइजिङ, २९ मङसिर - चीनको बेईजिङ नगरपालिकाले नयाँ कार गर्दा गर्ने कोटा सकिन लागेकाले अव सीमित कार मात्र दर्ता हुने जनाएको छ । 

अहिले बेइजिङमा हरेक बर्ष झण्डै एक लाख ५० हजार नयाँ कारलाई अनुमति दिने गरिएको छ । 
नयाँ नियम अनुसार बेइजिङमा अव सन् २०१८ सम्ममा एक लाख नयाँ कारलाई मात्रै दर्ता गर्न सीमित नम्बर प्लेट उपलब्ध गराइने भएको छ । 

बेइजिङवासी धेरै चिनियाँले कार दर्ताकालागि निवेदन दिएपनि सबैलाई नम्बर दिन नपुग्ने भएकाले गोलाप्रथा टेन्डर प्रणाली अपनाउने गरिएको छ । 

बेइजिङमा यातायातको अत्याधिक चाप रोक्न र जनसंख्या घटाउन यस्तो प्रणाली सन् २०११ देखि लागु गरिएको हो । 

बार्षिक रूपमा एक लाख कार दर्ता गर्ने गरिएकोमा झण्डै ६० प्रतिशत नयाँ आपतकालिन कार दर्ता हुने गरेका छन् । त्यस बाहेक अन्य ४० प्रतिशतमा जैविक इन्धनबाट चल्ने कारहरुले दर्ता नम्बर पाउने गरेका छन् । 

बेइजिङमा अहिले सम्म कुल एक लाख ३७ हजार आठ सय विद्युतीय कारहरु दर्ता भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्