०१ असार २०८३, सोमबार

कांग्रेसको कमाण्ड सम्हादै राहुल गांधी

कांग्रेसको कमाण्ड सम्हादै राहुल गांधी

नयाँ दिल्ली, १ पुस– भारतको सबैभन्दा पुरानो राजनीतिक दल कांग्रेस पार्टीको कमाण्ड आजदेखि राहुल गांधीले सम्हाल्ने भएका छन् । 
सोनिया गांधीपछि अब कांग्रेस राहुल गांधीको कमाण्डमा अघि बढ्ने भएको हो । 

कांग्रेसको अध्यक्ष पद सम्हाल्नका लागि आज राहुललाई प्रमाणपत्र मिल्दैछ । योसँगै दिल्लीको २४ अकबर रोड स्थित कांग्रेस मुख्यालयमा  नेम प्लेट पनि बदलिने छ । 

राहुलको पदभार ग्रहण कार्यक्रमलाई भव्य बनाउन कांग्रेसका कार्यकर्ताले भरपूर तयारी गरेका छन् । राहुल बिहान ११ बजे पार्टी मुख्यालय जाने कार्यक्रम तय भएको छ । 

४७ वर्षीय राहुल गांधी १३२ वर्ष पुरानो कांग्रेस पार्टीको ४९ औं अध्यक्ष बन्न लागेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्