१४ असार २०८३, आइतबार

यी हुन् सन् २०१७ का उत्कृष्ट १० मोबाइल

यी हुन् सन् २०१७ का उत्कृष्ट १० मोबाइल


मोबाइल फोन मानिसको दैनिक जीवनसँग अभिन्न रुपमा जोडिसकिएको छ । अहिलेका मानिसले मोबाइल फोन बिनाको आफ्नो जीवन शायदै कल्पना गर्लान् । 

विश्वका धेरै देशमा धेरै प्रकारका मोबाइल फोन उत्पादन हुन्छन् । तर केही मात्र त्यस्ता मोबाइल फोनको सूचीमा पर्न सफल हुन्छन् जसलाई प्राय सबै मानिसले प्रयोग गर्न चाहन्छन् । 

सन् २०१७ मा मानिसहरुले सबैभन्दा धेरै कुन मोबाइल मन पराए त ? सर्च इन्जिन गुगलले सन् २०१७ मा सबैभन्दा बढी खोजिएका मोबाइलको सूची तयार पारेको छ । 

आइफोन–१० देखि सामसुङ–८ सम्मका फोनहरु गुगलले उक्त चर्चित मोबाइलको सूचीमा राखेको छ । गुगलको सूचीमा सबैभन्दा माथी आइफोन–१० पर्न सफल भएको छ । 

गत वर्ष सन् २०१६ मा धेरै खोजिएका मोवाइलको सूचीमा आइफोन–७ ले सबैलाई उछिनेको थियो । 

यो वर्ष सबैभन्दा धेरै खोजिएका १० मोबाइलहरु निम्नानुसार छन्, 
१) आइफोन–१०

२) आइफोन–८

३) हुवाए नोभा २आई

४) ओप्पो एफ–५

५) ओप्पो एफ–१ एस

६) सामसुङ ग्यालेक्सी जे–७ प्रो

७) नोकिया–६

८) सामसुङ ग्यालेक्सी जे२ प्राइम

९) ओप्पो एफ ३

१०) नोकिया ३३१०

salt training

कमेन्ट गर्नुहोस्