०३ साउन २०८३, आइतबार

प्रधानमन्त्री पद नछाड्न देउवालाई संविधानविद्को सुझाव, राष्ट्रपतिको आलोचना !

प्रधानमन्त्री पद नछाड्न देउवालाई संविधानविद्को सुझाव, राष्ट्रपतिको आलोचना !

काठमाडौं, १ पुस– नेपाली कांग्रेस निकट कानून व्यवसायी र संविधानविद्हरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल राजीनामा नदिन सुझाव दिएका छन् । 

प्रधानमन्त्री देउवाले शनिवार साँझ कांग्रेस निकट कानून व्यवसायी र केही संविधानविद्हरुलाई बालुवाटार बोलाएर परामर्श लिएका थिए । 

राष्ट्रिय सभा गठनसम्बन्धी विधेयक राष्ट्रपतिले रोक्न नहुने भन्दै संविधानविद्हरुले संवैधानिक पदमा रहेको व्यक्तिले कुनै दलको प्रभाव पर्न नहुने पनि तर्क गरे । 

सरकारले दुई महिना अगाडि नै प्रमाणिकरणका लागि पेश गरेको राष्ट्रिय सभा गठनसम्बन्धी विधेय रोकेर राष्ट्रपतिले गैरसंवैधानिक काम गरेको उनीहरुको भनाइ थियो । 

देउवासँगको छलफलमा कानून व्यवसायी तथा संविधानविद्हरुले राष्ट्रिय सभा गठन पछि मात्रै पद छाड्न सुझाव दिए । 

बालुवाटार पुगेका संविधानविद् पूर्णमान शाक्यले राष्ट्रिय सभा गठन पछि मात्रै प्रतिनिधिसभाको समानुपातिकतर्फको सीट संख्या बाँडफाँट हुने भएकाले राष्ट्रपतिले विधेयक रोक्न नुहने राय व्यक्त गरे । 

राष्ट्रिय सभाको गठन नगरी प्रतिनिधिसभाको समानुपातिकतर्फबाट उम्मेदवार चयन हुन नसक्ने व्यवस्था संविधानमा स्पष्ट रुपमा उल्लेख गरिएको उनको दावी थियो । 

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष समेत रहेका कानून व्यवसायी हरिहर दाहालले राष्ट्रिय सभा गठनसम्बन्धी विधेयक रोकेर राष्ट्रपतिबाट असंवैधानिक कार्य भएको बताए । 

बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौलालगयत करिव १० जना कानून व्यवसायी र  संविधानविद्हरु सहभागी थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्