३१ जेठ २०८३, आइतबार

दोलखामा एक युवकको रहस्यमय मृत्यु

पुस १, २०७४
दोलखामा एक युवकको रहस्यमय मृत्यु

चरिकोट, १ पुस - दोलखाको कालिञ्चोक गाउँपालिका–६ गुर्जपाका एक युवक घर नजिकैको भिरमुनि मृतावस्थामा फेला परेका छन् । 

मृतावस्थामा फेला परेका ३५ वर्षीय बेदबहादुर कार्की (सुके) रहेको इलाका प्रहरी कार्यालय सिङ्टी दोलखाले जनाएको छ । 

शव मृतावस्थामा स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ । 

स्थानीय बासिन्दाले उनको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको इप्रका सिङ्टीका प्रहरी निरीक्षक नरेश मल्लले बताए  । 

salt training

कमेन्ट गर्नुहोस्