
अल्बानियाका प्रधानमन्त्री एडी रामाले देशको पहिलो एआई-उत्पादित मन्त्री (रोबोट), डिएला गर्भवती भएको घोषणा गरेका छन् । डिएलाले ८३ एआई बच्चाहरूलाई जन्म दिने उनले बताए । बर्लिनमा ग्लोबल डायलगलाई सम्बोधन गर्दै प्रधानमन्त्री रामाले यो घोषणा गरेका हुन् ।
'हामीले डिएलासँग ठूलो जोखिम उठायौं र यो एक उत्कृष्ट अनुभव भएको छ । पहिलोपटक डिएला गर्भवती भएको छ,' उनले भने ।
यी एआई बच्चाहरूले प्रत्येक सांसदको लागि काम गर्ने उनको भनाइ छ । रिपोर्टअनुसार तिनीहरू संसदीय सत्रहरूमा भाग लिनेछन्, हरेक गतिविधिको रेकर्ड राख्नेछन् र सांसदहरूलाई सुझावहरू प्रदान गर्नेछन् ।
अल्बानिया विश्वको पहिलो देश हो जहाँ एआई मन्त्री छ । यो पिक्सेल र कोडबाट बनेको भर्चुअल मन्त्री हो, जुन पूर्ण रूपमा कृत्रिम बुद्धिमत्ता अनुसार सञ्चालन हुन्छ ।
डिएला नामको अर्थ अल्बानियाली भाषामा घाम वा सूर्य हो ।