११ साउन २०८३, सोमबार

रोटाकिड्स नेपालले गर्‍यो सेल्फ-डिफेन्स कार्यशाला

मंसिर १, २०८२
काठमाडौं
रोटाकिड्स नेपालले गर्‍यो सेल्फ-डिफेन्स कार्यशाला

नेपालकै एकमात्र रोटाकिड्स नेपालले रोटरी इ–क्लब अफ डिस्ट्रिक्ट ३२९२, नेपाल तथा थण्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको सहकार्यमा ‘सेल्फ–डिफेन्स कार्यशाला २०२५’ जेम्स स्कूल, धापाखेलमा गरिएको छ ।

८ देखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि विशेष रूपमा तयार गरिएको यो कार्यशालाको उद्देश्य व्यक्तिगत सुरक्षासम्बन्धी सीप, स्थितिजन्य सजगता र आधारभूत आत्मरक्षा क्षमता विकास गर्दै बालबालिकाको आत्मविश्वास र सुरक्षाबोधलाई सशक्त बनाउनु थियो । 

यस कार्यक्रमले रोटाकिड्स नेपालको युवाहको विकास र समुदाय सुरक्षामा गरेको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।

रोटाकिड्स नेपालका अध्यक्ष सम्यक राज श्रेष्ठले करिब ५० जना सहभागी बालबालिकालाई स्वागत गर्दै आत्मरक्षा सम्बन्धी ज्ञान सँधैको लिगी काम लाग्ने र नेपालकै दिग्गज खेल प्रशिक्षकबाट मज्जासँग सिक्न प्रेरित गरे । 

उनले युवा नेतृत्वको महत्वबारे कुरा गर्दै अभिभावक क्लब रोटरी इ–क्लब अफ डिस्ट्रिक्ट ३२९२, नेपालको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे ।

बालबालिकालाई सुरक्षित र जिम्मेवार बनाउने उद्देश्यले तयार गरिएको यो कार्यक्रमलाई तेक्वान्दोमा तीन पटक दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता तथा राष्ट्रिय प्रशिक्षक आयशा शाक्यले सञ्चालन गरेकी थिइन् ।

उनीसँगै अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी, खेलकुदसम्बन्धी टिकटक स्टार तथा हिमालयन रोडिज सिजन–४ की फाइनलिस्ट सीता तामाङले विभिन्न आत्म–रक्षा अभ्यास सिकाउन सहयोग गर्दै जुम्बा र अन्य खेलकुद गतिविधिमार्फत् बालबालिकालाई थप मनोरञ्जन प्रदान गरेकी थिइन्  ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित ओलम्पियन, २ पटकको एसियाली खेलकुद च्याम्पियन तथा ४ पटकको दक्षिण एसियाली खेल च्याम्पियन दीपक विष्टले बालबालिका, अभिभावक र अतिथिलाई प्रेरणादायी सम्बोधन गरे । 

उनले खेलले जीवनमा अनुशासन, आत्मविश्वास र कडा परिश्रम सिकाउने बताएका थिए । साथै, आफ्ना शुरूआती दिनदेखि ओलम्पिकसम्मको यात्रा सुनाउँदै बालबालिकालाई खेल क्षेत्रमा करियर बनाउने प्रेरणा समेत दिए ।

समापन सत्रमा, रोटरी इ–क्लब अफ डिस्ट्रिक्ट ३२९२, नेपालका उपाध्यक्ष कविन्द्र नापितले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सबैलाई धन्यवाद व्यक्त गरे । 

उनले रोटाकिड्स नेपालले गरेको प्रयासको प्रशंसा गर्दै यस्ता बाल–केन्द्रित कार्यक्रमलाई भविष्यमा अझ बढी सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सहभागी बालबालिकाले आत्मविश्वास, आत्मरक्षा संबन्धी सीप र महत्त्वपूर्ण जीवन उपयोगी सीप सिक्दै आफूले उपयुक्त कार्यशाला सम्पूर्ण रूपमा विशेष भएको अनुभव व्यक्त गरेका थिए ।    
 

salt training

कमेन्ट गर्नुहोस्