
अभिनेत्री अनुष्का शर्मा तथा क्रिकेटर विराट कोहलीले इटलीमा विवाह गरेसँगै विरुपा बनेका छन् । विराट र अनुष्काले भारतबाट टाँढा इटलीमा गएर विवाह गरेसँग उनीहरुका नातेदार रिसाएका छन् । उनीहरुले विदेशमा गएर विवाह गरेपछि सामाजिक सञ्जाल तरंगित भएको छ ।
उनीहरुलाई भारतमा स्थान नभएको र भारत अछूत हो भन्दै प्रश्न गर्नेको संख्या कमी छैन ।
भारतमा राम, कृष्ण, युधिष्ठिरले विवाह गरेका छन् विराटले र अनुष्काले गर्न नहुने भन्दै उनीहरुमाथि प्रश्न गरिएको छ । यसरी प्रश्न गर्नेमा भारतीय जनता पार्टीका विधायक समेत छन् ।
अनुष्का र विराटको इटलीमा विवाहबाट विजेपी सांसदमात्र होइन यसलाई सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले देशभक्तिसँग समेत जोडेर हेर्ने गरेका छन् ।
फेसबुमा आजाद भारत नामको पेजबाट अनुष्का विराटको तस्वीर सेयर गर्दै लेखिएको छ,‘आफ्नो देशका मानिसलाई फाइदा होस् भन्ने तपाई सपनामा पनि सोच्नुहुन्न, जुन दिन तपाई जस्तो धनिहरुको मनमा यस्तो भावना आउँछ त्यो दिन भारत विश्वको सवैभन्दा धनी देश बन्ने छ ।’
यो पोस्टलाई ३५ हजार भन्दा धेरैले शेयर गरेका छन् ।