
काठमाडौं, ५ पुस — आजकलका युवायुवती पढाइ नगर्नकालागि अनेक बहाना बनाउँछन् र परीक्षा दिन हिचकिचाउँछन् । तर पढाइमा अत्यन्त गम्भीर मानिस पनि हुन्छन् ।
अमेरिकाको कान्सास शहरमा एक युवतीले लेबर पेन हुँदाहुँदै पनि अस्पतालको शय्याबाट परीक्षा दिएर सबैको मन जितेकी छन् । पढाइप्रतिको उनको लगाव देखेर धेरैजना छक्क परे ।
नाइजिया टमस नामक ती युवती काउन्टी कम्यसनिटी कलेजमा मनोविज्ञान पढिरहेकी छन् । गर्भवती भएपछि पनि उनी कलेज गएर पढिरहिन् अनि नवौं महिनामा परीक्षा पनि आयो ।
परीक्षा छोड्न नचाहेपछि नाइजियाले अस्पतालबाट नै जाँच दिने मन बनाइन् । लेबर पेन हुनै लाग्दा उनले परीक्षा दिइन् ।
अस्पतलाको शय्यामा बसेकी नाइजियाको हातमा सिरिन्ज देखिन्छ र उनी ल्यापटपमा परीक्षा दिइरहेकी छन् । तस्वीर उनकी आमाले खिचेर सामाजिक सञ्जालमा हालेपछि भाइरल भयो । त्यसलाई सबा लाख मानिसले लाइक गरिसकेका छन् ।
मानिसहरूले पढाइप्रति नायजियाको लगावलाई प्रशंसा गरिरहेका छन् ।
परीक्षा दिइसकेपछि नाइजियाले अर्को एक फोटो पोस्ट गरिन् जसमा उनी बच्चासँग देखिन्छिन् । उनले छोरा पाएको र उसको स्वासथ्य राम्रो रहेको बताइन् । 
डेलिभरीपछि रगत बढी गएकाले अलिक कमजोर महसूस गरिरहेको उनले लेखिन् । परीक्षामा ३.५ सीजीपीए ल्याएर पास भएको पनि उनले उल्लेख गरिन् ।
एजेन्सी