११ असार २०८३, बिहीबार

२०  जुवाडे पक्राउ

पुस ५, २०७४
२०  जुवाडे पक्राउ

 उदयपुर, ५ पुस - प्रहरीले त्रियुगा नगरपालिका–६ स्थित जलजले बजारको दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा आज २० जना जुवाडेलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिनपा–६ जलजले स्थित प्रेमबहादुर मगरको घरमा तास खेल्दै गरेको अवस्थामा रु ४७ हजार ४०० सहित सात र पुल्कित चौधरीको घरबाट रु १५ हजार ३०० सहित १३ जना जुवाडे पक्राउ परेका हुन् । 

त्रिनपा–६ जलजलेमा जुवाको खेला हुँदैछ भन्ने सूचनाका आधारमा गएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको र उनीहरुलाई जुवा ऐनअनुसार कारबाही गरिने प्रहरी निरीक्षक देवीप्रसाद फागोले बताए  । 

salt training

कमेन्ट गर्नुहोस्