०९ असार २०८३, मंगलबार

किन जाँदैछन्  ट्रम्प बेलायत भ्रमणमा ?

पुस ५, २०७४
किन जाँदैछन्  ट्रम्प बेलायत भ्रमणमा ?

ह्वाइट हाउस, ५ पुस - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत जानुहुने भएको छ । 

अमेरिकाको राष्ट्रपति कार्यालयका प्रवक्ता सराह सनडरस् बेलायतका प्रधानमन्त्री थेरेसा मेको निमन्त्रणालाई ट्रम्पले स्वीकार गर्नुभएको मङ्गलबार बताउनुभएको छ । 

ट्वीटरको विषयमा यी दुई नेताबीच भएको विवादपछि पहिलो पटक मङ्गलबार बिहान यी दुई नेताबीच वार्ता भएको पनि ह्वाइट हाउसले जानकारी दिएको छ । 

उहाँहरूले एक आपसमा क्रिसमस र नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै मध्यपूर्वमा शान्ति स्थापनाका लागि आगामी दिनमा चाल्ने कदमका बारेमा पनि छलफल गर्नुहुने ह्वाइट हाउसले जनाएको छ । 

पछिल्लो समयमा अमेरिकी राष्ट्रपति ट्रम्पले पटक–पटक बेलायतका अति अधिकारवादीहरूको भिडियोहरू ट्वीट गरेपछि उहाँहरूबीच अहिले “विषेश सम्बन्ध” रहेको बताइएको छ । 

ह्वाइट हाउसका प्रवक्ताले भ्रमणका लागि मेले दिएको निमन्त्रणालाई “स्वभाविक र अपेक्षित” भन्नुभएको छ । 

यस भ्रमणका क्रममा ह्वाइट हाउसले घोषणा गर्ने अपेक्षा गरिएका विषयलाई अन्तिम रूप दिने काम अहिले भइरहेको पनि जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्