०३ साउन २०८३, आइतबार

सप्तकोशी सिमेन्टको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

मंसिर ११, २०८२
काठमाडौं
सप्तकोशी सिमेन्टको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

‘पूर्वको गौरव’ भनी परिचित सप्तकोशी सिमेन्ट लिमिटेडले सार्वजनिक प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । 

यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।

कम्पनीले १०० रूपैयाँ दरका चुक्ता पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना बनाएको छ । 

यस सम्बन्धमा बुधबार त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ । 

सम्झौतापत्रमा सप्तकोशी सिमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष मोना जालान र सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरे ।

सप्तकोशी सिमेन्ट लिमिटेड उच्चस्तरीय सिमेन्ट उत्पादक कम्पनी हो, जसको दैनिक उत्पादन क्षमता ६०० टन रहेको छ । 

कम्पनीले नेपाल गुणस्तरको निर्धारित मापदण्ड अनुसार पीपीसी ४३ र ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । नेपाली सिमेन्ट बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको यस कम्पनीले सन् २०१९ देखि निरन्तर सञ्चालन नाफा कायम राख्न सफल भएको छ ।

पूर्वी नेपालमा करिब २० प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले अन्य क्षेत्रीय प्रतिस्पर्धीसँग उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । 

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले गत वर्षको तुलनामा २७ प्रतिशत बढी बिक्री लक्ष्य हासिल गरेको छ । साथै, आव २०८१/८२ को नाफाबाट कम्पनीले १२ प्रतिशत बोनस शेयर पनि जारी गरेको छ ।

प्रस्तावित आईपीओबाट उठ्ने पुँजी नयाँ क्लिङ्कर प्लान्ट स्थापना तथा हाल सञ्चालनमा रहेको प्लान्टको क्षमता विस्तार गर्न प्रयोग गरिनेछ ।

यसले उत्पादन प्रक्रियामा एकीकृतता ल्याई कम्पनीको प्रतिस्पर्धात्मक क्षमता, वित्तीय प्रदर्शन र दीर्घकालीन वृद्धिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
 
 

salt training

कमेन्ट गर्नुहोस्