०१ असार २०८३, सोमबार

अस्ट्रेलियाको मेलबर्नमा कार आक्रमण, कम्तीमा १५ जना घाइते

अस्ट्रेलियाको मेलबर्नमा कार आक्रमण, कम्तीमा १५ जना घाइते

काठमाडौं, ६ पुस — अस्ट्रेलियाको मेलबर्नमा भीडमा कार जोत्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

कार फ्लिन्डर्स स्ट्रीटमा कैयौं पैदलयात्रीसँग ठोक्किएको थियो । यो शहरको केन्द्रमा रहेको भीडभाडयुक्त इलाका हो । 

राज्यको एम्बुलेन्स सेवाले १३ जनालाई अस्पताल लगिएको बताएको छ । कम्तीमा अन्य दुईलाई घटनास्थलमा उपचार गरिँदैछ । 

प्रहरीले मानिसलाई उक्त क्षेत्रमा नजान चेतावनी दिएको छ । 

यो घटना आतंकवादसँग सम्बन्धित भए नभएको कुनै संकेत नपाइएको प्रहरीले बतायो । कारचालक र अन्य एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । 

घटना स्थानीय समयअनुसार दिउँसो साढे चार बजे भएको थियो ।

प्रिस्कूल उमेरको एक बालकलाई टाउकोमा गम्भीर चोटपटक लागेकाले अस्पताल लगिएको भिक्टोरिया एम्बुलेन्सले जानकारी दियो । 

एक प्रत्यक्षदर्शीले भने, ‘कारले सबैलाई कुल्चिँदै गयो अनि मानिसहरू यताउता उडिरहेका थिए ।’

अर्का प्रत्यक्षदर्शीले यो घटना करीब १५ सेकेन्डसम्म चलेको बताए । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्