
काठमाडौं, ६ पुस– उत्तर कोरिया र दक्षिण कोरियाको सीमा नजिक दुवै देशका सेनाबीच गोली हानाहान भएको छ ।
एक जना उत्तर कोरियाली भगौडा सैनिकका कारण दक्षिण कोरिया र उत्तर कोरियाको उच्च सुरक्षा भएको सीमा नजिक दुवै देशका फौजले गोली हानाहान गरेका थिए ।
स्थानीय समय अनुसार विहानको समयमा उत्त। कोरियाली सैनिकले सीमा क्षेत्रको मध्य भाग नाघेका थिए । उनलाई खोज्दै आएका उत्तर कोरियाली सेना सीमा रेखा नजिक आइपुगेका थिए ।
त्यसको जवाफमा दक्षिण कोरियाको सेनाले चेनावनी स्वरुप २० वटा गोली चलाएका थियो । त्यसको जवाफमा उत्तर कोरियाले पनि गोली चलाएका आवाजहरु सुनीएका वीवीसीले जनाएको छ । ती भगौडा सैनिकलाई दक्षिण कोरियाली अधिकारीहरुले सोधपुछ गरेका छन् ।
कोरियाली प्रायद्वीपमा तनाव चुलिएको बेला यस्तो घटना भएको हो । अघिल्लो महिनापनि सीमा क्षेत्रमा खटिएका एक जना उत्तर कोरोयाली सैनिकले अर्का एक साथीलाई गोली हान्दा उनी गम्भीर घाइते भएका थिए ।