०१ असार २०८३, सोमबार

भ्याट विवादका कारण सेयर बजारमा भारी गिरावट, आतंक मच्चाउन खोजियोः ओली

भ्याट विवादका कारण सेयर बजारमा भारी गिरावट, आतंक मच्चाउन खोजियोः ओली

काठमाडौं, ६ पुस- सेयर बजारमा मूल्य अभिबृद्धि कर लगाउने निर्णय आएसँगै यो साताभरी सेयर बजारमा भारी गिरावट आएको छ । साताको अन्तिम दिन बिहिबार १२ दशमलव ३२ अंकले घटेको बजार समग्रमा साताभरी ४८ अंकले घटेको हो । साताको पहिलो दिन १५२० दशमलव १५ अंकमा रहेको सेयर बजार अन्तिम दिन १४७२ दशमलव १५ अंकमा ओर्लिएको छ ।


क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ७४ अंकले घटेर ३०९ दशमलव ९४ अंकमा झरेको छ । बिहीबार १५३ कम्पनीका नौ लाख ९० हजार कित्ता शेयर ४७ करोड रुपैयाँमा खरिद बिक्री भयो। सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टड बैंकको तीन करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


कारोबारमा आएका उत्पादन मुलक समूह बाहेकको सबै उपसूचक घटेका छन्। उत्पादन मुलक समूह ० दशमलव ५९ प्रतिशतले बढेको छ । बैंक ० दशमलव ४८, ट्रेडिङ ० दशमलव ४८, होटल ० दशमलव ५२, विकास बैंक १ दशमलव १४, जलबिद्युत १ दशमलव १२, फाइनान्स ० दशमलव ३७, बीमा १ दशमलव ०१, अन्य २ दशमलव ६५ र लघुवित्त १ दशमलव १७ अंकले घटेको छ ।


बिहिबार महुली सामुदायिक लघुबित्तका शेयरधनीले करिब सात प्रतिशत कमाएका छन् । बिजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले करिब ६ प्रतिशत गुमाएका छन् ।    

     
भ्याट आतंक’

यसैबीच, बामगठबन्धनपछि बन्ने सरकारको प्रधानमन्त्रीको रुपमा हेर्न थालिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले वामको सरकार आउने भए पनि भ्याटका नाममा सेयर बजारलाई अस्तव्यस्त बनाउन खाजेको आरोप लगाएका छन् ।
 बिहीवार ब्रोकर कम्पनी लगायत अन्य व्यवसायीहरुसँगको भेटमा ओलीले आफुलाई ब्रोकरहरुलाई हाल लगाउन खोजिएको भ्याटको बारेमा पनि राम्ररी थाहा नभए पनि बजारलाई अस्तव्यस्त बनाउने प्रयास षडयन्त्र भएको जिकिर गरे ।
उनले काँग्रेस सरकारले सेयर बजारमा भ्याट आतंक सृजना गर्न खोजेको आरोप लगाए । हालै आन्तरिक राजस्व बिभागले तीन ब्रोकरलाई भ्याट तिर्न पुन पत्राचार गरेपछि भ्याटका विषयमा विवाद उत्पन्न भएको छ । 
मूल्य अभिवृद्धि कर सम्बन्धि निर्देशिकाको दफा ४ को १७ मा सेयर किनबेचसंग सम्बन्धित सेवा, सेयर निष्कासनलाई पनि छुट हुने विषयमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्