नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सरकार नेतृत्वका विषमा भएको आलोपालो प्रणाली बारेको सहमतिलाई दुष्प्रचार गरिएको बताएका छन् ।
भैरहवामा एक कार्यक्रमकाबीच प्रचण्डले आलोपालोको प्रसङ्ग जिम्मेवारी बाँडफाँड र शक्ति विन्यासका सन्दर्भमा भएको बताए । ‘दिनलाई नै रात पार्ने गरी फेरि पनि नेपालमा राजनीतिक अस्थिरता निम्त्याइँदै छ, ९/९ महिनामा सरकार फेरिन्छ जस्ता कुतर्क र कुप्रचार गरिएको छ । जुन शत प्रतिशत गलत र भ्रामक छ।’
प्रचण्डले भने,‘पार्टी एकता सम्मानजनक रुपमा नै हुन्छ भन्ने सन्दर्भमा भनिएको कुरालाई बङ्गाएर आफूअनुकूल व्याख्या गर्नेहरुले भ्रम छरे ।’
वामपन्थीमात्र नेपालमा स्थिर सरकारका पक्षमा उभिएको दाबी गर्दै प्रचण्डले अब देशमा स्थायित्व हुने दाबी गरे ।