२९ जेठ २०८३, शुक्रबार

अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखियो भन्ने हल्ला फैलाइयो : गगन थापा

पुस १५, २०८२
काठमाडौं
अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखियो भन्ने हल्ला फैलाइयो : गगन थापा
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेता अर्जुननरसिंह केसीलाई आफ्नो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।

उनले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत नेता केसीलाई आफ्नो चाहनाविपरीत समानुपातिक सूचीमा राखिएको उनले स्पष्ट पारेका छन् ।

'नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ । म स्पष्ट पार्न चाहन्छु; यो मेरो चाहना विपरीत हो । मेरो अनुरोध र हरसम्भव प्रयास विपरीतको निर्णय हो,' उनले लेखेका छन्, 'मेरो र उहाँको आ-आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू हुन्छन्, कहिले मिल्छन्, कहिले बाझिन्छन् । जसरी कुनै बेला हाम्रो राजनीतिक दृष्टिकोण र प्राथमिकता मिलेन र एक अर्कासँग पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र सङ्कल्पसहित चुनाव लड्यौं । यसपटक पनि पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा हाम्रो मत भिन्नता रह्यो ।' 

नेता केसी नेपाली कांग्रेसको समानुपातिक सूचीमा परेका छन् । उनी थापाका ससुरा हुन् ।

salt training

कमेन्ट गर्नुहोस्