०४ असार २०८३, बिहीबार

२१ दिनअघि हराएका तामाङ मृत फेला

पुस १०, २०७४
२१ दिनअघि हराएका तामाङ मृत फेला


नुवाकोट, १० पुस– शिवपुरी गाउँपालिका–५ स्थित महाकालीका श्याम तामाङ हराएको २१ दिनपछि मृत भेट्टिएका छन् । गत मंसिर १९ गतेदेखि हराएका ३३ वर्षीय तामाङ आइतबार अपराह्न मृत अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।  

शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलभित्र खोलाको खोचमा भेट्टिएको शव सडेगलेकाले परीक्षणसमेत गर्न नमिलेको प्रहरीले जनाएको छ । भिरबाट लडेर मृत्यु भएको जस्तो देखिए पनि घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्