०६ असार २०८३, शनिबार

धर्म–संस्कृतिको संरक्षण र प्रवद्र्धनमा केन्द्रित हुनुपर्छ : राष्ट्रपति

पुस १०, २०७४
धर्म–संस्कृतिको संरक्षण र प्रवद्र्धनमा केन्द्रित हुनुपर्छ : राष्ट्रपति

काठमाडौं, १० पुस– राष्ट्रपति विद्यादेवी भण्डरीले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।

 
क्रिसमसका अवसरमा आज एक शुभकामना सन्देश जारी गरी उनले नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको देश हो भन्दै यहाँ मनाइने हरेक चाड पर्व राष्ट्रिय धरोहरका रुपमा रहेका छन् र यी चाडपर्वले विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिबीच राष्ट्रिय एकता, धार्मिक सहिष्णुता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बताइन् । 


नेपालीबीच मनाइने यस्ता चाड पर्व, भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा हामी सबै केन्द्रित हुनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको ऐतिहासिक चुनावमा आम नेपाली मतदाताबाट भएको अभूतपूर्व सहभागिताले संविधान कार्यान्वयनमा ठोस योगदान पुग्ने र यसबाट देशलाई राजनीतिक स्थायित्व प्राप्त हुने विश्वास व्यक्त गरेकी छन् । 

आगामी दिनमा हुने नेपालको विकास र समृद्धिमा सबै नेपालीले आ–आफ्नो स्थानबाट सक्दो योगदान गर्नसकेमा नेपालको चौतर्फी प्रगति छिटो हुनेछ भन्ने विश्वास लिँदै इसाई धर्मावम्बीको यस पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् । रासस
 

salt training

कमेन्ट गर्नुहोस्