२४ जेठ २०८३, आइतबार

सामाजिक सञ्जालको बल : फेसबुकको उजुरीले ६ लेन सडकको कमसल सामग्री फिर्ता

पुस १०, २०७४
सामाजिक सञ्जालको बल : फेसबुकको उजुरीले ६ लेन सडकको कमसल सामग्री फिर्ता

धनगढी, ११ पुस –पछिल्लो समय सामाजिक सञ्जालले विकृति ल्याएको भनेर आलोचना हुने गरेको छ । तर कतिपय सन्दर्भमा भने यसले महत्पूर्ण भूमिका निर्वाह गर्न थालेको छ । पारदर्शिताको सवाल होस, चाहे सम्भावनाको खोजी । फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जाल प्रयोगकर्ताको सक्रियताले केही राम्रा कामको शुरुवात भएका छन् । 

सामाजिक सञ्जालको अहम भूमिका कैलालीमा निर्माणाधीन मोहना–अत्तरिया ६ लेन सडक निर्माणमा देखियो । विभिन्न चुनौतीका बीच निर्माण सुरु भएको उक्त आयोजनामा कमसल गुणस्तरको ईटा प्रयोग हुनबाट जोगियो ।

ठेकेदारको आपूर्तिकर्ताले उक्त योजनाको नाली सोइलिङको लागि दोयम ईटा साइटमा झारेका थियो । ईटाको गुणस्तर कमसल भएको भन्दै स्थानीय पत्रकार पुष्पराज जोशीले आफ्नो फेसबुक स्टाटसमार्फत खबरदारी गरे । 

‘यो क्षेत्रको विकासको महत्पूर्ण पूर्वाधार निर्माणमा गुणस्तरहिन ईटाको प्रयोग भ्रष्टचारको जिउदो प्रमाण हो । कहाँ छन् नियमनकारी निकाय ?’ उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका थिए ।

त्यस्तै, धनगढीका युवा मदन भट्टले पनि उक्त आयोजनामा भैरहेको कमसल सामग्री प्रयोगवारे आफ्नो फेसबुक वालमा धनगढी उपमहानगरपालिका, राजनीतिकर्मी, ठेकेदार कम्पनीलगायत सरोकारवाला निकायलाई खबरदारी गर्दै टिप्पणी लेखेका थिए ।

‘धनगढी उपमहानगरपालिकाको बिकासको ठेक्का लिएर चुनाव जित्नु भएका कट्टर प्रजातान्त्रबादी नगरप्रमुख नृप ओडज्यू, अनि ५ न. निर्वाचन क्षेत्रलाई देशकै विकसित क्षेत्र बनाउँछु भनेर निर्वाचनमा बिजय हुनुभएका नारदमुनि राना ज्यु, हेर्नुस त यो के हुदैछ ?’ तपाईं हरु के हेरेर बसिरहनु भएको छ ?’ भट्टल् प्रश्न गरे । 

सामाजिक सञ्जालबाट गरेको उक्त खबरदारीले सरोकारवाला निकायलाई दवाब बढेको छ । फलतः उक्त कमसल सामग्री ल्याब परिक्षण गरी फिर्ता गरिने भएको छ ।

निर्माण कार्यलाई सहज बनाउन मोहना–अत्तरिया ६ लेन सडक आयोजनाले १५ किलोमिटर रहेको सडक खण्डलाई तीन भागमा विभाजन गरेको छ । जसमध्ये दोस्रो र तेस्रो सडक खण्ड निर्माणको ठेक्का पाएको लुम्बिनी राजेन्द्र डाँफे कन्सट्रक्सन कम्पनीले दोस्रो खण्डको निर्माण कार्य भदौं महिनादेखि अगाडी बढाएको छ ।

सो खण्डमा एक साता पहिले कमसल ईटा झारेको थियो । तर हाल व्यापक विरोध सिर्जना भएपछि फिर्ता गरिने निर्माण कम्पनीले जनाएको छ । कम्पनीका इन्जिनियर रोशन भट्टले आपूर्तिकर्ताले कमसल ईटा झारेको स्वीकार गरे । ‘ती समाग्री अझै प्रयोग भइसकेको छैन, फिर्ता गर्न निर्देशन दिइसकेका छौ’ उनले लोकान्तरसँग भने । 

सामाजिक सञ्जालमा हल्ला भएपछि सडक निर्माण सम्बन्धी सरकारी निकायले पनि चासो व्यक्त गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्