१२ साउन २०८३, मंगलबार

प्रधानमन्त्री देउवाका बारेमा कांग्रेस नेता प्रकाशमानले गरे यस्तो खुलासा

प्रधानमन्त्री देउवाका बारेमा कांग्रेस नेता प्रकाशमानले गरे यस्तो खुलासा

काठमाडौं, १० पुस– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूले दिएको सुझावलाई पार्टी सभापति शेरबहादुर देउवाले ध्यान नदिने गरेको बताएका छन् । 
सोमबार राजधानीमा भएको कार्यक्रममा नेता सिंहले देउवालाई भावि प्रधानमन्त्री अघि सार्न सुझाव दिँदा नमानेकै कारण कांग्रेसको स्तर खस्किएको बताए । उनले चुनावअघि नै पद त्याग्न र भावि प्रधानमन्त्रीको रुपमा अर्को व्यक्तिलाई अघि सार्न आफूले सुझाव दिए पनि देउवाले नमानेको खुलासा गरे ।


‘तपाईंले सरकारको नेतृत्व गरेपछि कांग्रेसमा सन्तोषजनक फिलिङ छैन, कांग्रेसलाई समर्थन गर्नेहरुको पनि चित्त बुझेको छैन यसमा बिचार गर्नुपर्छ है पार्टी सभापति ज्यू भनेर मैले भनेको थिएँ,’ कार्यक्रममा उनले भने, ‘उहाँले के गर्नुपर्छ भन्नुभयो । मैले गिरिजाबाबुले किसुनजीलाई अघि सारेको जस्तै तपाईंले पनि कसैलाई सार्नुर्पयो ।’


उनले वर्तमान नेतृत्व ठीक नहुँदा कांग्रेसमा थुप्रै समस्या देखिएको बताए । पार्टी नेतृत्व ठीक भएन, कांग्रेसलाई सुुधार ल्याऊ भन्ने अहिलेको चुनावको अभिमतले देखाएको छ उनको भनाइ छ । 
अब कांग्रेसलाई सुधार गर्न जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने उनले बताए । अन्यथा आफूले जतिसुकै राम्रा कुरा गरे पनि र जतिसुकै विकास गरे पनि पार्टी नै ठीक भएन भने अर्थ नहुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्