१९ असार २०८३, शुक्रबार

उपेन्द्र यादवले भने–एमालेसँग सरकार गठनबारे छलफल भएको छैन

उपेन्द्र यादवले भने–एमालेसँग सरकार गठनबारे छलफल भएको छैन

काठमाडाैं, १० पुस- संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग सरकार गठनका विषयमा छलफल नभएको बताएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यादवले गोप्य भेटवार्ता गरेको समाचार सार्वजनिक भइरहेको बेला यादवको यस्तो भनाइ सार्वजनिक भएको हो । 

यादवले चुनावपछि एमाले अध्यक्ष ओलीसँग एकपटक भेट भएपनि चुनावका विषयमा कुराकानी नभएको बताए । उक्त भेटमा आफूले ओलीलाई संविधान संशोधन नभइ आफ्नो दल सरकारमा नजाने स्पस्ट पारेको बताए । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोरमसँग एमालेले साठगाँठ गर्न खोजेको भन्दै दिएको अभिव्यक्तिलाई यादवले अस्विकार गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्