०६ असार २०८३, शनिबार

सार्वजनिक यातायात प्रयोग गर्न  मोदीको आह्वान

पुस १०, २०७४
सार्वजनिक यातायात प्रयोग गर्न  मोदीको आह्वान

नोईदा, १० पुस - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सकेसम्म सार्वजनिक यातायातका साधनको प्रयोग गर्न सोमबार आह्वान गर्नुभएको छ । 
इन्धनको बचत गर्न र पेट्रोलियम पदार्थको आयात घटाउन मेट्रो रेलको यात्रालाई प्रतिष्ठाको विषय बनाउन पनि आह्वान गर्नुभएको हो । 
झण्डै १२ किलोमिटर विस्तार भएको दिल्ली मेट्रोको मागेन्टा लाईनको उद्घाटन समारोहमा प्रधानमन्त्री मोदीले सार्वजनिक क्षेत्रको भौतिक संरचनाका लागि सरकारले अत्यधिक धेरै खर्च गरेको बताउनुभयो । 
उहाँले सन् २०२२ मा भारतले ७५औँ स्वतन्त्रता दिवस मनाउने बेलासम्म महत्वपूर्ण पेट्रोलियम पदार्थको आयात घटाउने उद्देश्य लिएको जानकारी दिनुभयो । 
बुहुआयामिक यातायात प्रणालीले इन्धनको प्रयोग कम गराउनुका साथै आम नागरिकको पैसा र वातावरण पनि जोगाउने प्रधानमन्त्री मोदीको भनाइ थियो ।
उहाँले सार्वजनिक यातायात भन्दा व्यक्तिगत वा निजी सवारी साधन प्रयोग गर्दा प्रतिष्ठा बढ्छ भन्ने मानसिकतामा परिवर्तन आवश्यक रहेकोमा जोड दिनुभयो । 
उहाँले सार्वजनिक यातायातका साधनको प्रयोगलाई तल्लो दर्जाको रुपमा नहेर्न आग्रह गर्नुभयो । 

कमेन्ट गर्नुहोस्