
काठमाडौं, ११ पुस– रुसको राजधानी मस्कोस्थित स्लावियान्स्की बोलेवार्ड मेट्रो स्टेसन नजिकैको सब–वेको प्रवेशद्वारमा बस ठोक्किँदा चार जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् ।
बस सब–वेको सिँढीमा गएर ठोक्किएको हो । बस सब–वेको प्रवेशद्वारमा टनेलको छानोमा ठोक्किएर अड्किएको छ । दुर्घटनामा घाइते भएकाहरुको अवस्था गम्भीर रहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् ।