१४ असार २०८३, आइतबार

काठमाडौंको न्यूरो अस्पतालमा तोडफोड, २२ जना नियन्त्रणमा, चार प्रहरी घाइते

कात्तिक २०, २०७४
काठमाडौंको न्यूरो अस्पतालमा तोडफोड, २२ जना नियन्त्रणमा, चार प्रहरी घाइते
काठमाडौं, ९ माघ — काठमाडौंको बाँसवारी स्थित न्यूरो अस्पतालमा तोडफोड भएको छ । उपचारको क्रममा विरामीको निधन भएपछि अस्पताल तोडफोड गरिएको हो ।

तोडफोडबाट अस्पतालमा क्षति पुगेको छ । तोडफोड नियन्त्रण गर्न गएका चार प्रहरी घाइते भएका छन् । उनीहरूको न्यूरो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गत पुस २० गते कमलादीमा एउटा टेम्पोले मोटरसाईकललाई ठक्कर दिएको थियो । सोही दुर्घटनामा घाइते भएका नागार्जुन २ ठूलो भर्याङका २७ वर्षिय उमेश नगरकोटिको आज विहान न्यूरो अस्पतालमा निधन भएको हो ।

उनले पुस २३ गते देखि त्यहाँ उपचार गराइरहेका थिए । महाराजगञ्ज प्रहरीका सई खगेन्द्र जिसीले विरामीका आफन्तहरुले उपचारमा असन्तुष्टि जनाउँदै तोडफोड गरेको बताए ।

तोडफोडमा संलग्न २२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चार जना प्रहरी घाइते भएका छन् । न्यूरो अस्पतालमा तफ क्षति हुन सक्ने अनुमान गरेर प्रहरीले प्रहरी निगरानी बढाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्