
काठमाडौं, १२ पुस — युट्युबमा आजकल एउटा भोजपुरी गीत भाइरल भइरहेको छ । जम्मा दुई महिनामा यसले ३८ लाख भ्युज पाइसकेको छ ।
यो भोजपुरी फिल्मको गीत होइन । यसलाई गायक–अभिनेता रितेश पाण्डे र खुशबू तिवारीले गाएका हुन् । भिडियोलाई वेब म्युजिकले ९ सेप्टेम्बरमा सार्वजनिक गरेको हो ।
भिडियो रितेश र एक अभिनेत्रीमाथि छायांकन गरिएको हो । गीतको मुखडा छ : पियवा से पहिले हमार रहलू । त्यसो त यस गीतको धुनमा अन्य भोजपुरी गीत पनि बनेका छन् र यिनलाई भोजपुरी फिल्ममा प्रयोग पनि गरिएको छ ।
रितेश बिहारको सासाराम क्षेत्रका हुन् । उनका एल्बमहरू बजारमा आइसकेका छन् ।
एजेन्सी