
इटलीमा विवाह, वरफको पहाडमा हनीमून, दिल्लीमा विवाहको भोज र अन्तिममा फेरि मुम्बइमा भोज ।
अनुष्का शर्मा र विराट कोहलीको विवाहसँग जोडिएको कार्यक्रम अव सकिएको छ । मुम्बइमा २६ डिसेम्बको रात फिल्म उद्योग तथा खेल क्षेत्रसँग जोडिएका साथिका लागि विरुष्काले रिसेप्सन पार्टी दिए ।
यो पार्टीमा कयौं हस्तिहरुको सहभागिता थियो । यो समहारोहको तस्वीर सामाजिक सञ्जालमा छाएको छ । विरुष्काको रिसेप्स भारतको ट्वीटर ट्रन्डमा समेत परेको छ ।

आफ्नो परिवारका साथ रिसेप्सनमा सहभागी भएका अमिताभ बच्चने ट्वीटरमा केही तस्वीर सार्वजनिक गरेका छन् ।
रिसेप्सनमा महेन्द्र सिंह धोनी छोरी जीवा तथा पत्नी साक्षीका साथ पुगेका थिए ।

केही दिन पहिला रणवीर कपुर र अनुष्का शर्माले ए दिल है मुस्किल फिल्ममा काम गरेकी थिइन् । फिल्ममा रणवीर र अनुष्काको मिलन हुन सक्दैन र वास्तविक जीवनमा पनि । तर जो दिलमा फिल्मा मुस्किल भएको थियो त्यसलाई रणवीर कपूर र विराट कोहलीले रिसेप्सनमा जोडिदिए ।

दिल्लीका केटा जब मुम्बइको एक पार्टीमा मिल्छन् तब के चाहियो ? नाच गान नै नाचगान । फेरिचोहे ती दुई बलिउडको किङ खान होस वा क्रिकेट टिमका कप्तान विराट किन नहुन् ।

रिसेप्सनको केही भिडियो इन्सटग्राममा शेयर भएको छ जहाँ शाहरुख खान आफ्नो फिल्मको गीतमा नाचिरहेका छन् ।