
भारतीय क्रिकेटका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले मंगलबार २६ डिसेम्बरमा मुम्बइमा भव्य पार्टी दिएका छन् ।
यो रिसेप्सन रेजिस होटलमा भएको थियो । जहाँ बलिउड देखि क्रिकेट, राजनीति, आर्थिक क्षेत्रका हस्तीहरुको उपस्थिति रहेको थियो ।
यो अवसरमा पूरै टीम इण्डिया आफ्नो कप्तानको यो भोजमा सहभागी भउका थिए । जसमा स्टार व्याट्सम्यान युवराज सिंह पनि थिए ।
यो पार्टीमा युवीले कोहली र अनुष्कासँग शानदार क्षण विताए र केही फोटो पनि खिचे ।
युवीले आफ्नो इन्सटग्राममा विराट र ‘रोजी भाउजुृ’ सँग खिचाएको फोटो पोस्ट गरे । तपाइहरु रोजी भाउजु को हुन् भन्दै छक्क पर्नु भयो हो । युवराजले अनुष्काको विवाहपछि अब‘रोजी भाउजु’ नाम राखिदिएका छन् ।