
काठमाडौं, १२ पुस — यो जाडोमा तपाईंलाई तात्तातो पुलाउ खान मन छ भने घरमा सजिलै बनाउन सक्नुहुन्छ । पास्ताको पुलाउ चाख्नुभएको छ त ? आज हामी तपाईंलाई घरैमा बसेर पास्ता पुलाउ बनाउन सिकाउँछौं ।
सामग्री
तेल ६० मिलिलिटर
जीरा आधी चम्चा
लामो गरी काटेको अदुवा अलिकति
मरिच अलिकति
ल्वाङ चारवटा
दालचिनी आधी इन्च
कालो अलैंची अलिकति
उमालेको हरियो मटर सय ग्राम
मसिनो गरी काटिएको भेडेखुर्सानी ८५ ग्राम
मसिनो गरी काटिएको गोलभेंडा १४५ ग्राम
पिज्जा सस दुई ठूलो चम्चा
रातो खुर्सानी अलिकति
नून सानो चम्चाको डेढ
काजु अलिकति
उमालेको पास्ता १५० ग्राम
उमालेको चामल ५३० ग्राम
विधि
सबभन्दा पहिले एउटा प्यानमा ६० मिलिलिटर तेल तताउनुस् । अब त्यसमा जीरा र अदुवा हालेर मधुरो आगोमा भुट्नुस् ।
त्यसपछि मरिच, ल्वाङ, दालचिनी र कालो अलैंची मिसाएर दुई मिनेटसम्म हल्लाउनुस् ।
प्यानमा उमालेको हरियो मटर र भेडेखुर्सानी हालेर पाँच मिनेट पकाउनुस् ।
यस मिश्रणमा सस, रातो खुर्सानी, नून, काजु र उमालेको पास्ता हालेर मिसाउनुस् ।
अब त्यसमा ५३० ग्राम चामल हालेर मज्जाले मिसाउनुस् ।
लौ, पास्ता पुलाउ तयार भयो । तात्तातो पस्किनुस् ।
एजेन्सी