
काठमाडौँ, १२ पुस - काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीमा आज पानी ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
बा २ ख ८९४ नंको पानी ट्यांकरले बा ५५ प १३८७ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गुल्मी घर भई हाल धापासी बस्दैआएका २७ वर्षीया बीनाकुमारी थापाको मृत्यु भएको हो ।
ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएकी थापाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।