१० असार २०८३, बुधबार

राजपा बैठकमा चुनावी समीक्षा

पुस १२, २०७४
राजपा बैठकमा चुनावी समीक्षा

काठमाडौँ, १२ पुस -राष्ट्रिय जनता पार्टी नेपालको राजनीतिक समितिको बैठकमा गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे समीक्षा गरिएको छ । 

पार्टी कार्यालय बबरमहलमा बसेको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक सांसदहरूको नामावली टुङ्गो लगाउने सम्बन्धमा समेत छलफल भएको पार्टीका महासचिव केशव झाले जानकारी दिए । 

“अहिले सरकार गठन भन्दापनि समानुपातिकको नामावली टुङ्गो लगाउनेतर्फ बैठक केन्द्रित भएको छ, त्यो टुङ्गो लागेपछि मात्रै सरकार गठनबारे छलफल हुनेछ”– उनले भने  । आजदेखि शुरु भएको बैठक बिहीबार पुनः बस्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्