३१ जेठ २०८३, आइतबार

ओली–प्रचण्ड वार्ताः पार्टी एकतामा भन्दा देउवाको राजीनामामा केन्द्रीत

पुस १३, २०७४
ओली–प्रचण्ड वार्ताः पार्टी एकतामा भन्दा देउवाको राजीनामामा केन्द्रीत

काठमाडौं, १३ पुस–नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनका शीर्ष नेता सरकार गठन र पार्टी एकताबारे रणनीति बनाउन छलफलमा जुटेका छन् ।
निर्वाचन लगत्तै पार्टी एकीकरण गर्ने बताएका  दुई दलबीच निर्वाचन लगत्तै पार्टी र सरकारको नेतृत्वबारे विबाद बढ्न थालेपछि पार्टी नेतृत्वबीच छलफल सुरु भएको हो । 
यही क्रममा बुधबार ओली र प्रचण्डबीच वान टु वान वार्ता भएको छ ।  दुई नेताबीचको भेटमा सरकार गठन, राष्ट्रिय सभा गठन, पार्टी एकतालगायतका विषय कसरी टुंग्याउने भन्नेमा केन्द्रीत भएको जनाइएको छ । 
तर, नेताहरुबीच कुनै ठोस सहमति नभएका कारण एकता संयोजन समितिको बैठक भने बस्न सकेन । यसअघि दुई शीर्ष नेता बसेर रणनीति तय गरेपछि संयोजन समितिको बैठक बस्ने  नेताहरुले बताउँदै आएका थिए । 
दुई नेताको छलफल प्रधानमन्त्री शेबहादुर देउवाको राजीनामाको विषयमा बढी केन्द्रीत थियो । 
ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई  नेताबीच सरकार गठनका विषयमा छलफल भएको र सरकार गठनका लागि प्रधानमन्त्री देउवाले गाँठो फुकाउनु पर्ने निश्कर्ष रहेको बताए, राजधानी दैनिकमा  
खबर  छ  |

salt training

कमेन्ट गर्नुहोस्