०१ साउन २०८३, शुक्रबार

रुसको सेन्ट–पिटर्सबर्गस्थित सुपरमार्केटमा विस्फोट, १० जना घाइते

पुस १३, २०७४
रुसको सेन्ट–पिटर्सबर्गस्थित सुपरमार्केटमा विस्फोट, १० जना घाइते

काठमाडौं, १३ पुस– रुसको सेन्ट–पिटर्सबर्गस्थित एक सुपरमार्केटमा भएको विस्फोटमा १० जना घाइते भएका छन् । विस्फोटमा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको सरकारी अधिकारीले बताएका छन् । 


सेन्ट पिटर्सबर्गस्थित पेरेक्रेस्तोक सुपरमार्केटको ब्यागहरु राख्ने लकर रहेको ठाउँमा विस्फोट भएको बताइएको छ । घटनामा रिमोट कन्ट्रोलबाट सञ्चालित आधुनिक विष्फोटक पदार्थ प्रयोग गरिएको बुझिएको छ । 
घटनाका विषयमा अनुसन्धान भइरहेको छ भने आतंकवादी संलग्नता समेत नकार्न नसकिने अधिकारीहरुले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्