२० असार २०८३, शनिबार

यी हुन् संसारकी सबभन्दा सुन्दर अपराधी

यी हुन् संसारकी सबभन्दा सुन्दर अपराधी

काठमाडौं, १३ पुस — तस्वीरमा देखिएकी सुन्दरी संसारकै सबभन्दा खतरनाक अपराधीमध्येकी एक हुन् । 

यिनको नाम स्टेफनी बेदुआँ हो र यी क्यानाडामा बस्छिन् । उनीमाथि चोरी, डकैती र हतियार राखेको गम्भीर आरोपहरू छन् । 

सजाय पाएपछि उनलाई वर्ल्ड्स हटेस्ट क्रिमिनल भन्न थालिएको छ । 

यी २४ वर्षीया युवतीमाथि ३९ वटा घरमा चोरी गरेको अनि गैरकानूनी तरिकाले नौवटा हतियार राखेको विषयलगायत ११४ वटा मुद्दामा सजाय सुनाइएको थियो । 

अघिल्लो वर्ष अदालतले उनलाई ९० दिनको सजाय सुनाएको थियो । अचम्मको कुरा त उनले जेलमा सप्ताहान्तमा मात्र बसे हुन्थ्यो  । सोमवारदेखि शुक्रवार चाहिँ उनी जेलबाहिर मोज गरेर बस्न पाउँथिन् । 

समाचारहरूका अनुसार, यी अपराधीले चोरी गर्नका लागि तीन नाबालकहरूको दुरुपयोग गरेकी थिइन् । 

पक्राउ परेपछि स्टेफनीका तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए । उनको सुन्दरता देखेर उनलाई मोडलिङदेखि हलिउड फिल्म खेल्नेसम्मको अफर आएको थियो । एउटा पत्रिकाले उनलाई सेक्सी थीफ भनी लामो फीचर नै बनाएको थियो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्