३१ जेठ २०८३, आइतबार

राजधानीको होटलमा भारतीय नागरिकको यसरी भयो मध्यरातमा हत्या

राजधानीको होटलमा भारतीय नागरिकको यसरी भयो मध्यरातमा हत्या

काठमाडौं, १३ पुस – काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थान पशुपतिभिजनस्थित होटल आम्दाबालममा बसेका भारत सिलिगुडी घर भएका ३५ वर्षीय आदित्य गुरुङको धारिलो हतियार चक्कु प्रहारबाट हत्या भएको छ ।

गुरुङलाई गएराति सोही होटलका कर्मचारी काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटी बस्ने २९ वर्षीय डोनी शेर्पाले रक्सी किन्ने बिषयमा झगडा हुँदा धारिलो हतियार चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि काठमाडौँ मेडिकल कलेज अस्पताल सिनामंगल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । चक्कु प्रहार गर्ने डोनीलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्