११ साउन २०८३, सोमबार

क्रिष्टल प्यालेसमाथि आर्सनलको कठिन जित

क्रिष्टल प्यालेसमाथि आर्सनलको कठिन जित

काठमाडौं, १४ पुस– इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल कठिन जित निकालेको छ । गएराति क्रिष्टल प्यालेसको मैदानमा भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेसमाथि ३–२ को कठिन जित निकालेको हो । 
खेलमा आर्सनललाई विजयी गराउन अलेक्सिस सान्चेजले दुई गोल गरे भने खोद्रान मुस्ताफीले एक गोल गरे । 


जितसँगै आर्सनलले तालिकाको पाँचौ स्थानमा रहेको टोटनह्याम हट्सपरसँग समान ३७ अंक जोडेको छ । लिगमा २० खेलबाट ५८ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ ।

१५ अंकले पछि परेको म्यान्चेस्टर युनाईटेड ४३ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको चेल्सीको ४२ अंक छ ।
 

salt training

कमेन्ट गर्नुहोस्