१० असार २०८३, बुधबार

अफ्रिकाकै चर्चित पूर्व फुटवल खेलाडी लिबेरियाको राष्ट्रपतिमा विजयी

पुस १४, २०७४
अफ्रिकाकै चर्चित पूर्व फुटवल खेलाडी लिबेरियाको राष्ट्रपतिमा विजयी

काठमाडौं, १४ पुस– पूर्व फुटवल खेलाडी जर्ज उएच लिबेरियाको राष्ट्रपतिमा विजयी भएका छन् । लिबेरियाकै उपराष्ट्रपति जोसेफ बोकाइलाई पराजित गर्दै उनी राष्ट्रिपतिमा विजयी भएका हुन् । 


लिबेरियाको निर्वाचन आयोगले पूर्व फुटवल खेलाडी जर्जले ६१ दशमलव ५ प्रतिशत भोट प्राप्त गरेर विजयी भएको जनाएको छ । चुनावमा जम्मा ९८ दशमलव १ प्रतिशत मत खसेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । 


चुनावको परिणमपछि पूर्व फुटवल खेलाडीका समर्थकले त्यहाँको निर्वाचन कार्यालय अगाडि विजय उत्सव मनाइरहेका छन् । ५१ वर्षीय जर्ज अफ्रिकाकै सबैभन्दा चर्चित फुटवल खेलाडि हुन् । जर्जले सन् १९९० मा पेरिस सेन्ट जर्मेन र एसी मिलेबाट फुटवल खेलेका थिए । उनी चेल्सी र मेन्चेष्टर सिटिमा आवद्व भएर पनि फुटवल खेले । 

salt training

कमेन्ट गर्नुहोस्